२० कार्तिक २०८३, शुक्रबार

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप सैह्य हुँदैन : अध्यक्ष आचार्य

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे
कावासोती, १४ पुस । पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरु नागरिकका समस्याप्रति संवेदनशिल हुनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ नवलपरासीको १३ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष आचार्यले पछिल्लो समय महासंघमाथि पत्रकारको पक्षमा मात्रै वकालत गर्ने गरेको आरोप लाग्ने गरेको भन्दै नागरिकका समस्यामा उत्तरदायी बन्न आग्रह गरे ।

अध्यक्ष आचार्यले प्रेसमाथिको हस्तक्षेप कुनै पनि बाहानामा सैह्य नहुने बताए । उनले यदि कुनैपनि पक्षबाट प्रेस स्वतन्त्रतामा अंकुश लगाउन खोजिन्छ भने महासंघ चुप लागेर नबस्ने चेतावनी दिए ।

फौजदारी संहिताले पत्रकारलाई कानून लगाउने भाषा बोलेको उल्लेख गर्दै अध्यक्ष आचार्यले यसका लागि आफूहरुले सरकारलाई सचेत गराएको र सरकारले पनि मुलुकी संहितामा भएको प्रावधान सच्याउने प्रतिवद्धता जनाएको जानकारी दिए । उनले श्रमजीवी पत्रकार ऐन कार्यन्बयनका लागि आन्दोलन गर्नुको बिकल्प नरहेको बताए ।

महासङ्घका बरिष्ठ उपाध्यक्ष बिपुल पोखरेलले मुलुकी सहितामा रहेको प्राबधानका विषयमा कार्यदलले बुझाएको प्रतिबेदनका आधारमा तत्काल संसोधन गर्न माग गरे ।

साधारण सभामा प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल ११ हजार १ सय ११ नगद राशिसहितको स्वर्गीय देवीप्रसाद सुवेदी स्मृति रास्ट्रिय पत्रकार पुरस्कारबाट सम्मानित भए भने ५ हजार ५ सय नगद राशिसहितको स्वर्गीय कृष्णलाल पराजुली स्मृति पत्रकारिता पुरस्कार पत्रकार तीर्थराज भुसाललाई प्रदान गरिएको छ ।