२० कार्तिक २०८३, शुक्रबार

दुबै मृगौला पीडित सन्तबहादुरले गरे सहयोगको अपिल

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । कास्कीको मादी गाउँपालिका–९ का २८ वर्षीय सन्तबहादुर सार्की दुबै मृगौला फेल भई हाल उपचाररत रहेका छन् । उनको आर्थिक स्थिति कमजोर रहेकाले हाल डायलासिस्बाहेक अन्य हुन नसकेको उनको परिवारले जनाएको छ । उनको दुबै मृगोलाले काम गर्न छाडेको एक वर्ष पूरा भएपनि आर्थिक अभावमा उपचारमा समस्या भइरहेको उनका भाई कुशलले बताए ।

सरकारले हाल डायलायसिसमा केही सहुलियत दिएपनि मृगौला नै फेर्न अर्थिक अभावका कारण नसकिएको कुशलले बताए । आर्थिक स्थिति कमजोर भएकाले उपचारमा पनि आर्थिक समस्या रहेको जनाउँदै सन्तबहादुर बस्ने गाउँपालिकालेसमेत सिफारिस काटेको छ । तर हालसम्म केही आर्थिक सहयोग कसैकसैले गरेको भएपनि उनको समान्य उपचार र डायलायसिसमै सकिएको कुशल बताउँछन् ।

सन्तबहादुरलाई उनको नाममा रहेको हिमालयन बैंकको खाता नम्बर ०१६०४७२३१८००११ मा सहयोग गरिदिनका लागि उनको परिवारले अपिल गरेको छ । उनीसँग सिधा सम्पर्कका लागि सम्पर्क नम्बर ९८२७१६३८२२ हो । सहयोग पाए बाँच्ने आशा रहेको जीवन र मरणको दोसाँधमा रहेका सन्तबहादुर बताउँछन् ।