
हेटौँडा,११ पुस । अधिकृत विक्रेताहरुको छाता संगठन नेपाल विक्रेता महासंघको केन्द्रीय अधिवेशन हेटौँडामा हुने भएको छ । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजन गरि महासंघले पुस २१ गते हेटौँडामा चौथो राष्ट्रिय महाधिवेशन हुने जानकारी गराइएको हो ।
मकवानपुर अधिकृत विक्रेता संघको आतिथ्यतामा हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । अधिवेशनमा देशभरका ३५ जिल्लाबाट २ सय ५० जना प्रतिनिधिहरु तथा १ सय ५० जना पर्यवेक्षकहरु हुने समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष डम्बरबहादुर थापाले अधिकृत विक्रेतासंघलाई राज्यले कुनैपनि अधिकार नदिएको गुनासो ब्यक्त गरे । सरकारले अझैपनि अधिकृत विक्रेताहरुलाई दलालको रुपमा हेरेको भन्दै उनले आफूहरु नाफामुलक मात्र नभएर सेवामुलक ब्यवसायमा विस्वास राख्ने बताए ।
पत्रकार सम्मेलनमा अध्यक्ष थापाले नेपालमा होलसेलर र अधिकृत विक्रेताहरुलाई एउटै डालोमा हालेर हेर्ने परम्परा रहेको भन्दै त्यसरी ब्याख्या नगर्नको लागि मिडिया मार्फत सबैलाई आग्रह समेत गरेका छन् ।
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलबाट उद्घाटन हुने अधिवेशनलाई भब्य तथा सभ्य बनाउनको लागि आफूहरु लागिपरेको मकवानपुर अधिकृत विक्रेता संघका पूर्वअध्यक्ष विजय श्रेष्ठले बताए । प्रदेश नंबर ३ को राजधानीमा कार्यक्रम हुन गएको भन्दै उनले यो ऐतिहाँसिक क्षणलाई स्मरणीय बनाउन कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।
अधिवेशन हेटौँडा रिर्सोटमा हुने स्थानीय कार्यक्रम संयोजक डिलाराम तिवारीले बताए ।












प्रतिक्रिया