बैतडी, १० पुस । बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय ससुरा जसु बोहराको हत्या गरेको अभियोगमा बुहारीलाई नियन्त्रणमा लिएको छ ।
जसु बोहराकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरालाई नियन्त्रणमा लिइएको हो । घटनामा लक्ष्मी घाइते भएकी थिइन ।
मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दिएकी छिन् ।
टाउकोमा चोट रहेकी लक्ष्मीको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।
इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक इन्द्रबहादुर बोगटीका अनुसार घटनास्थलमा पुरुषको घडी भेट्टिएको छ ।
घरमा ससुरा र बुहारी मात्रै रहेका बेला घटना भएको हो ।
लक्ष्मीले घटनापछि अर्को गाउँमा रहेका आफ्ना जेठाजु धनबहादुरलाई फोन सम्पर्क गरेको खुलेको बोगटीले बताए ।
लक्ष्मीका श्रीमान् रोजगारीको शिलशिलामा भारतमा छन् । हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बोगटीले बताए ।
उनले शंकास्पद केही व्यक्तिलाई पक्राउका लागि प्रहरी खटिएको जानकारी दिए ।












प्रतिक्रिया