२० कार्तिक २०८३, शुक्रबार

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ७ पुस । इच्छाकामना गाउँपालिका–४ मा शनिबार साँझ टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ बस्ने ३८ वर्षीय नारायण सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार ना७ख ४६५८ नंको टिपरबाट माटो झार्ने क्रममा दुर्घटना हुँदा चालक सुवेदीको मृत्यु भएको हो ।

टिपर सडकबाट टिपर ३०० मिटर तल त्रिशूली नदीतर्फ खसेको थियो । टिपर दुर्घटनामा घाइते भएका सुवेदीको उपचारका लागि भरतपुर ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । –रासस