
–बिजय चालिसे
कावासोती, ७ पुष । नबलपुरको मध्यबिन्दु नगरपालीकामा पाटे चितुवा मृत अवस्थामा फेला परेको छ । मध्यविन्दु १५ गडार खोला स्थीत छाहारी सामुदायिक बन उपभोक्ता समुहको क्षेत्रमा पाटे चितुवा मृत अबस्थामा फेला परेको हो ।
शनिबार दिउँसो वन हेरालुले पाटे चितुवालाई मृत अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै गएको टोलीले चितुवालाई सब डिभीजन बन कार्यालय भाग्रा रानिटारका प्रमुख गणेशचन्द्र देबकोटालाई हस्तान्तरण गरिएको चोरमारा प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक नरबाहादुर भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार चितुवा बिरामी भइ मरेको हुनसक्ने अनुमान गरिएको छ ।












प्रतिक्रिया