
कावासोती, ६ पुस । नेपाल नेत्र ज्योति संघ नवलपुरले आँखा अस्पतालको लागि भवन निर्माण गर्ने भएको छ । संघको कावासोतीमा बसेको पहिलो बैठकले भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम थाल्ने निर्णय गरेको हो ।
सहसचिव योगप्रसाद शर्माको संयोजकत्वमा आँखा अस्पतालको जग्गा व्यवस्थापन उपसमिति गठन भएको छ जसको सदस्यहरुमा काशीराम गैरे, कोपिला पौडेल, युक्तप्रसाद गौडेल र दुर्गाप्रसाद गौतम रहनु भएको छ । साथै अरुणखोलामा प्राथमिक आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउने समेत बैठकले निर्णय गरेको छ ।
प्रथम जिल्ला अधिबेशनबाट निर्वाचित सदस्यहरुलाई समेत बैठकमा सभापति बिष्णुप्रसाद लम्सालले जिम्मेवारी प्रदान गरेका छन् । उपसभापतिमा पदमा जिसी श्रेष्ठ, सचिवमा हुमनाथ जैंसी, कोषाध्यक्षमा उदयराज सिग्देल, सह सचिबमा योगप्रसाद शर्मा, सह कोषाध्यक्षमा केशबराज घिमिरे चयन भएका छन् ।
बैठकले षडानन्द लामिछाने, ज्ञानेन्द्र न्यौपाने, बालु गिरी, अमृता खड्कालाई मनोनित गरेको छ । बैठकले विद्रोही गिरीको संयोजकत्वमा आँखा शिविर उपसमिति रहेको छ जसको सदस्यहरुमा नरनाथ पाण्डे, पारेश्वर भुर्तेल, बालु गिरी ज्ञानेन्द्र न्यौपाने रहेका छन् ।
सल्लाहकारहरुमा मुक्तिराम पाण्डे, रमेश घिमिरे, युवराज रिमाल, सूर्य न्यौपाने, जगन्नाथ पौडेल, दिपक भण्डारी र नरदेव न्यौपाने बैठले चयन गरको छ ।












प्रतिक्रिया