२० कार्तिक २०८३, शुक्रबार

लेखा अधिकृत नहुँदा नगरको विकास प्रभावित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, ६ पुस । देशकै नमुना नगरको रुपमा विकास हुँदै गईरहेको मिथिला नगरपालिकाका लेखा अधिकृत रामबावु साह १५ दिनदेखि कार्यालय नआउँदा नगरको विकास निर्माण प्रभावित बनेको छ ।

लेखा अधिकृत कार्यालयमा अनुपस्थित हुँदा रकम निकासामा समस्या भएपपछि कार्यापालिकाले स्वीकृत गरेका योजनाहरु पनि प्रभावित बन्न पुगेको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले जानकारी गराए ।

लेखा प्रमुख नहुँदा कार्यापालिकाले स्वीकृत गरेको नगरपालिकाका हात्ती पीडित, बाढी पीडित र दैविप्रकोप पीडितहरुलाई क्षतिपुर्ती समेत वितरण गर्न नसकिएकोमा मेयर महतोले दुखः व्यक्त गरे । ‘विकास निर्माणका लागि बनेका समितिहरुले पनि लेखा प्रमुख नहुँदा काम गर्न सकेका छैनन’, मेयर महतोले भने ।

नगरपालिकाका प्रशासकीय अधिकृत वासुदेव रेग्मीका अनुसार लेखा प्रमुख साह आफ्नो ठाउँमा वैकल्पिक व्यवस्था गर्नुहोला भनेर कार्यालयबाट हिँडेका थिए । धनुषाको महेन्द्रनगर स्थायी घर भएका लेखा अधिकृत साहले नगरपालिकामा काम गर्ने परिस्थिति असहज भएकाले आफू अन्यत्रै सरुवाको पहलमा लागेको बताए ।