
–बिजय चालिसे
कावासोती, ३ पुष । नवलपुरको मध्यबिन्दुमा मंगलबार भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् । मध्यबिन्दु ८ गढवार खोला नजिकै यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो ।
घाइते मध्य ४ जनाको अवस्था गम्भीर रहेको छ । पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ९६७६ नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ जाँदै गरेको बा ५१ प ६९७३ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो करिब ३ बजे ठक्कर दिदा मोटरसाइकलमा सवार मध्यबिन्दु ११ कि चन्द्र कुमारी सोमै मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । सोमैको उपचारका लागि अस्पताल ल्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घाइतेहरुको सामुदायिक स्मृति अस्पताल कावासोती डण्डामा उपचार भैरहेको छ । दुर्घटनाम परेका बस र मोटरसाइकल सडकबाट केही तल खसेका छन् ।












प्रतिक्रिया