
सल्यान, २ पुस । बाल अधिकारको संरक्षण र सम्वर्द्धनका लागि पहल गर्न सल्यानमा जिल्लास्तरीय नागरिक समाज सञ्जाल गठन गरिएको छ ।
सदरमुकाम खलंगामा बाल अधिकारको क्षेत्रमा काम गरि रहेका विभन्न संघसंस्था तथा पत्रकारहरु सम्मिलित भेलाले पास नेपाल सल्यानका अध्यक्ष ज्ञानेश्वर केसीको संयोजकत्वमा ११ सदस्यीय संजाल गठन गरेको हो ।
सञ्जालको सदस्य सचिव दलित विकास सामाजका बाल अधिकृत गुमानसिंह नेपाली रहेका छन् भने सदस्यहरुमा रेस सल्यानका अध्यक्ष रामचन्द्र रेग्मी, नेपाल बार एसोशिएसन सल्यानका लाल बहादुर रावत, पार्ड नेपाल सल्यानका शान्त बहादुर थापा, ईन्सेक नेपालका प्रतिनिधि मीना बुढाथोकी सदस्य छन् ।
यस्तै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्र्मा, उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर चलाउने, दलित सेवा संघका यज्ञ बहादुर विक, सीएमसी नेपालका जिल्ला संयोजक लोक बहादुर विक, जिल्ला बाल सञ्जालका अध्यक्ष विपना नेपाली पनि सदस्य छन् ।
सञ्जालले बाल अधिकारको संरक्षण र सम्वर्द्धनका लागि वकालत र पैरवी गर्नुका साथै बालकालिकाको अधिकारका लागि भूमिका खेल्ने सेभ द चिल्ड्रेनका जिल्ला संयोजक विमला सुवेदीले बताइन् ।












प्रतिक्रिया