२० कार्तिक २०८३, शुक्रबार

नेकपाको स्थायी समिति बैठक धुम्बाराहीमा सुरु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन र नेता बामदेव गौतमको फरक मतमाथि छलफल हुनेछ । २९ मंसिरदेखि सुरुभएको बैठकको निरन्तरतास्वरुप आजको बैठक भएको हो ।

शनिबार बसेको बैठकमा अध्यक्षद्धयको तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । तर, नेता गौतमले फरक मत राखेका छन् । उनले एउटा अध्यक्षले सरकार र अर्कोले पार्टी चलाउनुपर्ने लगायतका प्रस्ताव अघि सारेका छन् ।

शनिबारको बैठकमा दुबै प्रतिवेदन स्थायी समिति सदस्यहरुलाई दिइएको थियो । प्रतिवेदन अध्ययनका लागि हिजोसम्मको समय प्रदान गरिएको थियो । सोही आधारमा आज सदस्यहरुले धारणा राख्नेछन् ।