
पोखरा, २ पुस । स्वतन्त्र विधार्थी यूनियन पोखरा विश्वविद्यालयले आफ्ना मागहरुलाई वेवास्ता गरेको भन्दै विश्वविद्यालय प्रशासनलाई एक हप्ते अल्टिमेटम दिएको छ ।
विगत ९ महिनादेखि विभिन्न चरणमा गरिएका मागहरु प्रति प्रशासनले चासो नदिएको भन्दै एक हप्ते अल्टिमेट दिइएको स्ववियु सभापति सुनिल तिमिल्सिनाले बताए । उनले एक हप्ता भित्रमा मागहरु सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
प्रत्येक प्रदेशमा एक एक आंगिक क्याम्पस खोलिनुपर्ने, विश्वविद्यालय भित्र बैंकिङ सुविधा व्यवस्थापन गरिनुपर्ने, प्रत्येक संकायको आफ्नै परीक्षा नियन्त्रक तोकिनुपर्ने, विद्यार्थीहले रिचेकिङ गर्न पाउनुपर्ने जस्ता मागहरुलाई स्ववियुले प्रशासन समक्ष राखेको छ ।
‘हामीले विभिन्न चरणमा मागहरु राख्दै आएका छौं हाम्रा मागहरु विश्वविद्यालय र विद्यार्थीको हितमा छ’ सभापति तिमिल्सिनाले भने, ‘प्रशासन गम्भिर देखिएन । हाम्रो मागलाई सम्बोधन हुने उचित वातावरण बनेन भने कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।’












प्रतिक्रिया