२० कार्तिक २०८३, शुक्रबार

सांसद चौधरीद्वारा दाङको हुलाकी राजमार्गबारे जानकारी माग

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं दाङ क्षेत्र नं. १ का सांसद मेटमणि चौधरीले हुलाकी राजमार्ग निर्माणमा भैरहेको प्रगतिका बारेमा जानकारी लिएका छन ।

काठमाडौंको मीनभवनमा रहेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयमा आइतबार पुगेर सांसद चौधरीले दाङ जिल्लामा भैरहेको कामको जानकारी लिएका हुन ।

कपिलवस्तु–दाङको सिमाना कल्याणकोट, कालाकाटे, गोवरडिहवा, गढवा, राजपुर हुँदै गुठुवासम्मको हुलाकी सडकको काम कसरी भैरहेको छ भनेर सांसद चौधरीले जानकारी लिएको बताए ।

कोइलाबास–लामही हुलाकी सडक र राप्ती पुलको जिर्णोद्धारका विषयमा पनि हुलाकी राजमार्ग आयोजनासँग कुराकानी भएको उनले बताए ।

‘हुलाकी राजमार्गको काम के कति भएको छ भनेर आयोजना प्रमुखसँग जानकारी लिएको छु’, उनले भने, ‘काम सन्तोषजनक रुपमा अगाडि बढेको रहेछ ।’

हुलाकी राजमार्गले दाङमा पूर्वपश्चिम ७० किलोमिटर र दक्षिणदेखि उत्तरसम्म १७ किलो मिटरको काम हुने क्रममा रहेको छ । आयोजनाका अनुसार नेपाल सरकारको लगानी भएको स्थानमा मुअब्जा पाइनेछैन । भारत सरकारको सहयोग रहेको स्थानमा भने मुअब्जा पाइनेछ ।

हुलाकी राजमार्गको काम हुन बाँकी ठाउँहरूको लागि दुई–चार दिनमै नयाँ टेण्डर निकाल्ने प्रक्रियामा रहेको जानकारी आयोजनाका निर्देशक अशोक तिवारीले जानकारी दिएका थिए ।

सांसद चौधरीले दाङमा हुलाकी राजमार्ग बनाउने क्रममा पैसाको अभाव र कुनै समस्या परे आफूलाई भन्न आयोजनाका निर्देशक तिवारीलाई निर्देशन समेत दिएका थिए ।

आयोजनाले हुलाकी राजमार्गका लागि अर्थमन्त्रालयसँग २८ अर्ब रुपियाँ माग गरेको तिवारीले बताए । ०६६ सालदेखि शुरु भएको हुलाकी राजमार्ग आगामी चार वर्षभित्र पूरा गर्ने लक्ष्य सरकारले लिएको छ ।