२० कार्तिक २०८३, शुक्रबार

आफ्नै बाजे र बज्यैको हत्या गरे नातीले

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २९ मङ्सिर । बैतडीमा शनिबार नातीले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन् ।

सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे गगन कुँवर र ७६ वर्षकी बज्यै नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो ।

लोकेन्द्र शनिबार बिहान ११ बजेर २० मिनेटको समयमा घरमै दाउराको चिरपटले हानेर बाजे र बज्यैको हत्या गरेको हो । लोकेन्द्रको सन्तुलन ठीक नभएको भन्ने बुझिएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । –रासस