२० कार्तिक २०८३, शुक्रबार

कांग्रेसको महासमिति बैठक शुरु हुँदै, सभापति देउवाले उदघाटन गर्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको महासमिति बैठक ६ वर्षपछि आजबाट शुरु हुँदै छ ।

महासमिति बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले बिहान ११ बजे गर्ने कार्यक्रम छ । बैठक रामशहापथस्थित एक पार्टी प्यालेसमा हुनेछ ।

नेतृत्व बदल्नेबाहेक पार्टीका नीतिगत निर्णयहरूका लागि कांग्रेसमा महासमिति बैठक महत्वपूर्ण मानिन्छ ।

महासमितिलाई महाधिवेशनपछि पार्टीको ठूलो फोरमका रूपमा लिइन्छ । महासमितिले विधान संशोधनलाई दुईतिहाइले पास गर्नेदेखि पार्टीको भावी राजनीतिक दिशा तय गर्नेछ ।

स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनमा पराजय व्यहोरेपछि हुन लागेकाले यो महासमिति बैठकलाई कांग्रेस वृत्तले महत्वसाथ हेरेको छ । पार्टीलाई राजनीतिक उचाइ दिने गरी नीति, कार्यक्रम र संगठन बनाउनुपर्ने दबाब बैठकमा उठ्ने नेताहरूले बताएका छन् ।

महासमिति बैठकमा यसअघि कायम भएका २४० निर्वाचन क्षेत्रबाटै ५–५ जनाका दरले एक हजार दुई सय सहभागी हुनेछन् ।

केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यहरू, १२औँ महाधिवेशनका केन्द्रीय सदस्यहरू रहनेछन् ।

भ्रातृ शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट ९७–९७ जनाको सहभागिता रहनेछ ।

महासमिति सदस्य हुन नसकेका २९ जिल्लाका सभापति पर्यवेक्षकका रूपमा सहभागी हुँदै छन् । पार्टी एकता गरेको तत्कालीन लोकतान्त्रिक फोरमबाट पनि प्रतिनिधि सहभागी हुनेछन् ।