२० कार्तिक २०८३, शुक्रबार

नि:शुल्क आँखा शिविरमा डेढ सय लाभान्वित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे

कावासोती, २८ मंसिर । नवलपुरको विकट पहाडी क्षेत्रमा भएको नि:शुल्क आँखा शिविरमा १ सय ५० बढिले सेवा लिएका छन । कावासोती नगरपालिकाको वडा नम्बर १ मा पर्ने विकट पहाडी क्षेत्र बालुवाडाडामा भएको  शिविरमा १ सय ५५ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

रेडियो सामर्थ्य एफएमको आयोजना, मध्यबिन्दु आँखा उपचार केन्द्र कावासोतिको प्राबिधिक सहयोग र ग्लोबल आईएमी बैंकको शाखारहित बैकिङ सेवा कावासोति ४ को आर्थिक सहयोगमा संचालन गरिएको शिविरमा बिरामीहरुको लाभ लिएका हुन् । रेडियोले सामाजिक उत्तर दायित्व अन्तरगतको कार्यक्रम अनुसार नि:शुल्क शिविरको आयोजना गरेको प्रबन्ध निर्देशक सागर पोखरेलले बताए ।

गरिब एवं विपन्न नागरिकहरुका लागि आयोजना गरिएको नि:शुल्क शिविरमा सहयोग गर्नु आफूहरुको कर्तव्य भएको मध्यबिन्दु आँखा उपचार केन्द्रका नेत्र अधिकृत प्रदिप कुमार भट्टराईको भनाई छ । बालुवाडाडामा भएको शिविरमा स्थानिय ९२ वर्षिय मनसरा पुलामिसहित कावासोती नगरपालिका, हुप्सेकोट गाउँपालिका र देबचुली नगरपालिकाका विभिन्न ठाउँबाट नागरिकको सहभागिता रहेको थियो ।

कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाको प्रमुख आतिथ्यतामा भएको शिविरमा वडा अध्यक्ष नारायण प्रसाद पन्त, वडा सदस्य माधब भन्डारी, मन बहादुर ठाडा, महिला सदस्य मिना गुरुङ, उद्मोग वणिज्य सङ्घ नवलपुरका निवर्तमान अध्यक्ष ओम प्रसाद पौडेल, जलदेबी युबा क्लबका अध्यक्ष पृथ्वी सुनारी, बालुवाडाडा टोल सुधार समितिका अध्यक्ष पदम बहादुर सारु, जलदेबी आधारभूत बिद्यालयका प्रधानाध्यापक सुमित्रा भुसाल, रण अम्बिका साह आँखा अस्पताल भैरहवाका नेत्र अधिकृत नारायण सिङ्ग, स्थानीय युवा समाजसेवी रिम बहादुर सुनारिलगायतको सहभागिता रहेको थियो ।

शिविरमा सहभागी नव बिहानी युवा क्लब हात्तिखोरका अध्यक्ष राज कुमार श्रेष्ठले आँखा जाँचका क्रममा समस्या परेकी जलदेबि बिद्यालयमा कक्षा ३ मा अध्ययनरत स्मृती रानासहित ५ जना बिरामीलाई नि:शुल्क चस्मा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।