२० कार्तिक २०८३, शुक्रबार

कांग्रेसको ईतिहासमै देउवा उदार सभापति : महेन्द्र यादव

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले कांग्रेसको ईतिहासमा शेरबहादुर देउवाजस्तो उदारवादी सभापति अहिलेसम्म कोहीपनि नभएको जिकिर गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘उहाँजस्तो लिवरल सभापति कांग्रेसको ईतिहासमै कोही पनि छैन । उहाँले अरु नेतासँग सरसल्लाह नगरी कुनैपनि निर्णय लिनुहुँदैन । विधानले सभापतिलाई दिएको अधिकार प्रयोगपनि उहाँले गर्नुभएको छैन ।’

नेता यादवले शुक्रबारबाट सुरु हुने पार्टीको महासमिति बैठकमा पार्टीलाई संघीय ढाँचामा लैजानेबारे छलफल हुने स्पष्ट पारे । यादवले अहिले पदाधिकारीको संख्या नथपिने पनि जिकिर गरे ।

फरक प्रसँगमा उनले वर्तमान सरकार आँफै धर्म प्रचारमा लागेको आरोप लगाए । उनले भने, ‘सरकार धर्मको प्रचारमा मात्रै होईन, कमाउ धन्धामा पनि लागेको छ । अहिले त ठेक्कापट्टामापनि लागिसक्यो ।’

सरकार गठन भएको एक वर्ष भैसक्यो तर केन्द्र सरकारको कमजोरीका कारण अहिलेसम्म प्रदेश सरकारले पाउनुपर्ने ऐन तथा कानुन नपाएको उनको गुनासो छ । उनले वर्तमान सरकार संघीयता नै समाप्त पार्ने डिजाईनमा लागेको पनि आरोप लगाए ।

हालै काठमाडौंमा सम्पन्न भएको एशिया प्यासिफिक समिटको नाममा वर्तमान सरकारले क्रिश्चियन धर्मलाई प्रचार गर्ने काम गरेको पनि उनले आरोप लगाए ।