
काठमाडौँ, २७ मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापाले पोखरास्थित पश्चिम पृतना हेडक्वाटर खैरनीटारस्थित नं ३ बाहिनी अड्डाको निरीक्षण गरेका छन। उनले सैनामैनास्थित श्री नं.२ तालिम गणको पनि बिहीबार निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा प्रधानसेनापति थापाले उक्त पृतना तथा तालिम गणहरुको स्थलगत बस्तुस्थिति, सैन्य आधार तालिमको गतिविधि, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए।
थापा भोली राजधानी फिर्ता हुने जंगी अड्डाले जनाएको छ।












प्रतिक्रिया