२० कार्तिक २०८३, शुक्रबार

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे

कावासोती, २५ मंसिर । नवलपुरको कावासोतीमा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।

स्थानीय ११ बर्षिय एक बालिकालाई बलात्कार गरेको आरोपमा कावासोती ३ निवासी ३६ वर्षिय ओमराज श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक एंव प्रवक्ता लिलाराज लामिछानेले जानकारी दिए ।

गएराती ८ बजेतिर बालिकाको घरमै गएर श्रेष्ठले बलात्कार गरेको आफन्तले आरोप लगाएका छन् । श्रेष्ठले भने बलात्कार नगरेको तर बलात्कारको प्रयास गरेको स्वीकारेका छन् । श्रेष्ठलाई पक्राउ गरि थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।