
काठमाडौं, २४ मंसिर । लोकसेवा आयोगले कर्मचारी भर्ना गर्न बाटो खुलेको छ । संसदको राज्य ब्यवस्था समितिले नियमित कार्यक्रम अनुसार नै कर्मचारी भर्नाका लागि लोकसेवा आयोगलाई शक्रुक्रबार निर्देशन दिएको छ ।
तयारी गरिरहेका योग्य उम्मेद्धारका लागि असर पर्ने भन्दै संसदीय समितिले कार्यक्रम अनुसार नै विज्ञापन जारी गर्न भनेको हो । यसअघि सोही समितिले कर्मचारी समायोजनका लागि भन्दै नयाँ भर्ना रोक्न भनेको थियो । तर शुक्रबार संसदीय समितिले आफ्नै निर्णय उल्टाएको हो ।
यता सरकारले भने पुराना कर्मचारी समायोजनका लागि पेश गरेको विधेयक प्रमाणीकरण भईसकेको छ । दुई वर्षका लागि नयाँ कर्मचारी भर्ना नगर्ने भनिए पनि एक वर्ष त्यस्तो व्यवस्था कायमै राख्न प्रस्ताव गरेको छ ।
तर संसदीय समितिको निर्देशनलाई लोकसेवा आयोगले भने स्वागत गरेको छ ।












प्रतिक्रिया