२० कार्तिक २०८३, शुक्रबार

महिलाहरु अझै पनि हिंसाको शिकार बन्नु विडम्बना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी
सल्यान, २४ मंसिर । संसारको सृष्टी थेग्ने महिला अझै पनि हिंसाको शिकार बन्नु विडम्बना भएको सल्यानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मानव जीवनको विकासमा महत्वपूर्ण भूमिका राख्ने महिलामामाथि हुने कुनै पनि हिंसाका विरुद्ध सबैजना डटेर लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका हुन् ।

लैंगिक हिंसाविरुद्ध आयोजित १६ दिने अभियानको सोमबार जिल्लाको कपुरकोटमा आयोजित समापन कार्यक्रममा जनप्रतिनिधि, आमा समूह, बजार व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी लगायतका सरोकारवालाहरु सडकमा उत्रिएर महिलामाथि हुने हिंसा र दुब्र्यवहारको विरोधसँगै महिलाको आर्थिक शशक्तिकरणमा समेत जोड दिए ।

सामुदायिक वन उपभोक्ता महासंघ कर्णाली प्रदेश, विभिन्न विद्यालयहरु र आमा समूहहरुको सहकार्यमा कपुरकोट गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले महिला आर्थिक, समाजिक र साँस्कृतिक रुपमा सक्षम भए भने हिंसामा पर्ने सम्भावना कम हुने बताए । आफ्नो गाउँपालिकामा महिलामाथि हिंसा गर्ने कसैलाई पनि छुट नदिइने बताउँदै सेनले हिंसाबाट मुक्तिका लागि ग्रामीण भेगका महिला र पहुँचबाट टाढा रहेका महिलालाई शशक्त बनाउने कार्य आफूहरुले गरिरहेको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले महिला हिंसा न्यूनिकरण गर्नका लागि सरोकारवालाले हातेमालो गर्नुपर्नेमा जोड दिइन् । गाउँकार्यपालिकाको कार्यालयबाट निक्लीएको -यालीले कपुरकोट बजार परिक्रमा गरी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।