
संखुवासभा, २३ मङ्सिर । अवैध गर्भधारणबाट जन्मेको नवजात शिशु मारेको अभियोगमा प्रहरीले संखुवासभामा एकजना महिलालाई पक्राउ गरेको छ ।
खाँदबारी नगरपालिका-६ मयम बस्ने ३७ वर्षीया फुलमाया लिम्बु राईलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।
राईले शिशु जन्माई मारेर डोकोमा फाल्न लागेको भन्ने स्थानीयवासीले प्रहरीमा खबर गरेपश्चात जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले डोकोभित्र राखेको मृत बालिका शिशुसहित उनलाई पक्राउ गरेको जनाएको छ ।
उनका श्रीमानको डेढ वर्ष पहिले मृत्यु भइसकेको थियो । घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया