२० कार्तिक २०८३, शुक्रबार

सरकार अपाङ्गता भएका महिलाहरुप्रति गम्भिर नभएको आरोप

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । वरिष्ठ कलाकार एवम् समाजसेवी श्रीकृष्ण सिंखडाले अपाङगता भएका मानिसहरुका लागि राज्यले स्वास्थ्य र शिक्षा निःशुल्क रुपमा प्रदान गर्न माग गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय अपाङ्ग श्रीमती संघ, नेपालले आयोजना गरेको अन्तरक्रिया एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सिंखडाले यस्तो माग गरेका हुन् ।

राष्ट्रिय अपाङ्ग श्रीमती संघ, नेपालकी अध्यक्ष उषा सिंखडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले भने,‘देश काठमाडौंमा भेटिँदैन, देश त कुन कन्दरामा भेटिन्छ, जहाँ साँस्कृतिक पक्ष भेटिन्छ, जनताको पिर मर्का उस्तै छन्, समाजमा हिँसा, हत्या, अत्याचार र बलत्कारले सिमा नाघेको स्थिति छ, निर्मला पन्तका हत्यारा पत्ता लगायनको लागि सरकार अझैपनि अल्झीरहेको देखिन्छ, जनताहरुको आक्रोश पैदा भएको अवस्थामा पनि सरकारले पीडीतहरुको पक्षमा काम गर्न सकेको छैन ।’

उनले अघि थपे, ‘समाज सपाङ्गहरुको मात्रै होईन, शारीरिक रुपमा अशक्तता भएका मानिसहरु पनि समाजकै मानिस हुन, अरुभन्दा तपाईहरुको क्षमता र चेतनाको स्तर एक्दम माथि छ, तपाईहरुसँग भएको कला, नृत्य, पुस्तक लेखन, गीत गायन, कविता रचना, उपन्यास प्रकाशित जस्ता थुप्रै कामहरु सफलतापूर्वक गर्नुभएको छ, यसको प्रशंसा जतिगरेपनि कम हुन्छ ।’

राष्ट्रिय अपाङ्ग श्रीमती संघकी अध्यक्ष उषा सिंखडाले अपाङ्गता भएका महिलाहरु यौन हिँसाको शिकार भएको दाबी गरेकी छिन् ।