
पर्वत, २१ म्ंसिर । प्रतिनिधि सभा सदस्य पदम गिरीले एक वर्षको समयमा भएको कामबारे समिक्षा गरेका छन् । पर्वत जिल्लाबाट प्रतिनिधि सभामा विजयी भएका सांसद गिरीले आफू विजयी भएको बर्ष दिन वितेको अवसरमा जिल्लाका लागि आफूले गरेका प्रयासहरुको बारेमा पत्रकार सम्मेलन मार्फत आफ्ना उपलब्धिहरु सार्वजनिक गरेका हुन् ।
गिरीले कार्य योजनासमेत सार्वजनिक गरेका छन् । तत्कालीन नेकपा एमालेबाट विजयी भएका गिरीले एक वर्षको अवधिमा प्रतिनिधि सभा मार्फत कानून निर्माण कार्यमा आफू सक्रिय रहेको बताए । उनले यो अवधिमा जिल्लाबासीले विकास निर्माणमा अनुभूति गर्ने गरी आफूले काम गरेको दावी गरेका छन ।
पर्वतमा हालसम्म कुनै पनि ग्रामीण सडकहरु कालोपत्रे नभएको दुःखसो जनताले गरीरहेको भन्दै सांसद गिरीले केहि सडकहरु कालोपत्रेको चरणमा पुगिसकेको र केहि सडकहरु कालोपत्रेको प्रक्रियामा रहेको जानकारी दिए । सडक कालोपत्रे, एक घर एक धारा, सिंचाई र कृषि क्षेत्रको विकास, पर्यटन र खेलकुद आफ्नो मुख्य प्राथमिकतामा रहेका क्षेत्रहरुको रहेको भन्दै गिरीले यी सवै क्षेत्रमा आफ्नो कार्यकाल भरी देखिने गरी उपलब्धि हासिल हुने दावी गरे ।
हालसम्म झण्डै २४ प्रतिशत घरधुरीले मात्र एक घर एक धारा अन्तर्गत खानेपानीको प्रयोग गरीरहेको भन्दै अवको ४ बर्षमा अधिकांश जनसंख्याले एक घर एक धारा मार्फत स्वच्छ पिउने पानी खान पाउने गरी जिल्लामा काम भईरहेको उनले संकेत गरे । पर्यटन प्रवद्र्धन, खेलकुद ग्रामको स्थापनामा समेत आफूले पहल गरीरहेको गिरीको भनाई छ ।
प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई जनताले दिएको मतको दुरुपयोग नहुने गरी जनतालाई नै सम्झेर जनताको काममा लागि परेको गिरीले जानकारी दिए । सांसद गिरीले निकटम प्रतिद्धन्द्धीलाई १२ हजार ४ सय ५६ मतान्तरले हराउँदै प्रतिनिधि सभामा विजयी भएका थिए । आजकै दिन प्रतिनिधि सभाको मतदान भएकाले गिरीले आजकै दिन एक बर्षको समिक्षा तथा भावी योजनाहरु प्रस्तुत गरेका हुन् ।












प्रतिक्रिया