२० कार्तिक २०८३, शुक्रबार

महिला हिंसाको समस्या चुनौतपूर्ण–सचिव ठाकुर

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले स्थानीय तह अझै बलियो नभएकाले महिलाका समस्या ठोस रुपमा समाधान हुन नसकेको बताएका छन् ।

गोकर्णेश्वर नगरपालिकामा शुक्रबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिला अधिकार तथा लैङ्गिक हिंसा विषयक सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै सचिव ठाकुरले व्यवहारिक रुपमा स्थानीय तह सशक्त हुन अझै केही समय लाग्ने बताए ।

दिगो सम्मुनतिका लागि सवलीकरण नामक संस्थाले गरेको कार्यक्रममा सचिव ठाकुरले अत्यन्त चुनौतिपूर्ण समस्याको रुपमा देखा परेको महिला हिंसा अन्त्य गर्न सबैको सहयोग जरुरी भएको बताए ।

महिला विरुद्ध कुनै हिंसा भएमा आयोगको हटलाइन ११४५ मा सम्पर्क गरेमा अत्यावश्यक सहयोग उपलब्ध गराइने जानकारी पनि सचिव ठाकुरले बताए ।

वरिष्ठ अधिवक्ता समेत रहेकी आयोजक संस्थाकी अध्यक्ष साधना श्रेष्ठले महिलाहरु आफ्नो खुट्टामा उठन नसक्दासम्म महिलामाथि हिंसा भइरहने बताइन् । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश अर्यालले महिला हिंसा अन्त्यका लागि आफ्नो पूरा सहयोग रहने प्रतिवद्धता जनाए ।

आयोजक संस्थाका महासचिव निता ढुंगानाले संस्थाको गतिविधिबारे जानकारी दिएकी थिइन् भने शान्ति वैकल्पिक महिला विद्यालयको तर्फबाट शान्ति श्रेष्ठले महिला सशक्तिकरणको आवश्यकताबारे प्रकाश पारिन् ।