शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

श्रीलंका पत्रकार उत्सवमा नेपालका सिलवाल सहभागी

दैनिक नेपाल २०७५ मंसिर २१ गते १४:४६

काठमाडौं, २ १ मंसिर । श्रीलंका प्रेस एशोसिएशन (एसएलपिए)को ६३ औं बार्षिकोत्सवमा सहभागी भएर नेपालका लेखक तथा पत्रकार अशोक सिलवाल स्वदेश फर्किएका छन् । लाङटाङ सद्भावना दूतसमेत रहेका उनी श्रीलंकाकै सबभन्दा पुरानो पत्रकार संस्था एसएलपिएको बार्षिक उत्सवमा नेपालका तर्फबाट सहभागी हुने पहिलो पत्रकार हुन् ।

श्रीलंका फाउन्डेसनको सभाहलमा सम्पन्न कार्यक्रममा इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट (आइएफडब्लुजे) तर्फबाट भारतका प्रतिष्ठित १६ पत्रकारको समुह पनि नित्म्याइएका थियो ।

“यो सुरुवात हो । आगामी बर्ष यसमा बढोत्तरी हुनेछ । नेपाल–श्रीलंका पत्रकार सम्बन्धलाई थप बलियो र दाहोरो बनाउन सक्दो भुमिका खेल्न एसएलपिएले मलाई आग्रह गरेको छ”, स्वदेश फर्केपछि सिलवालले भने । आइएफडब्लुजेका उपाध्यक्ष हेमन्त तिवारीले सार्क राष्ट्रका पत्रकारलाई जोड्ने एउटा सञ्जाल तयार गर्नुपर्नेम जोड दिए ।

एसएलपिए अध्यक्ष मुदिता कारियाकार्वानाको सभापतित्वमा कार्यक्रममा श्रीलंकाका दश दिग्गज पत्रकारलाई दोसल्ला, प्रमाणत्र र नगदसहित डिएफ कारियाकार्वाना अवार्डबाट सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित