बुधबार, ६ चैत २०७५
DainikNepal.com
बुधबार, ६ चैत २०७५

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु , एक घाईते

दैनिक नेपाल २०७५ मंसिर २१ गते १२:०९

-मिना बुढाथोकी

सल्यान, २१ मंसिर । सल्यानमा आज विहान भएको ट्याक्टर दुर्घटनामा परि एक जना युवकको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् । दाङको तुल्सीपुरबाट रुकुम डिजल लिएर जाँदै गरेको रा १ त २६२८ नम्बरको ट्याक्टर सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ जलेखर्क नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परि नाम ठेगाना नखुलेका अन्दाजी ३२ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का नाम ठेगाना नखुलेका अन्दाजी २६ वर्षीय युवक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनको अवस्था गम्भीर छ । उनलाई उपचारका लागी नेपालगन्ज रिफर गरिएको छ ।

ट्याक्टर सडक भन्दा करिब ६ सय मिटर तल खसेको र के कारणले दुर्घटना भएको भन्ने विषयमा अनुसन्धान भई रहेको सल्यान प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले जनाएका छन् । घटना भएको थाहापाएपछि ईलाका प्रहरी कार्यालयका ईन्चार्ज नर बहादुर खड्काको नेतृत्वमा गएको टोलीले उद्दार गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित