२० कार्तिक २०८३, शुक्रबार

भिरबाट लडेर नवलपुरमा एक जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, २१ मंसिर । नवलपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । विनयी त्रिवेणी गाउंपालिका ३ धारादीमा खानेपानीको पाइप जोड्ने क्रममा भिरबाट लडेर स्थानीय ५० वर्षीय टेकबहादुर सारुको ज्यान गएको हो ।

बिहीबार सांझ खानेपानीको पाइप जोडने क्रममा लडेर घाइते भएका सारुको उपचारको क्रममा चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा बिहिबार राती नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।