शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

लैंगिक हिंसा रोक्न हस्ताक्षर संकलन

दैनिक नेपाल २०७५ मंसिर २० गते १९:३४

कपिलवस्तु, २० मंसिर । २७औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा कपिलवस्तुको चन्द्रौटामा हस्ताक्षर संकलन गरिएको छ ।

“लैंगिक हिंसा र दुव्यबहार छैन हामीलाई स्वीकार” भन्ने नाराका साथ लैंगिक समानताका लागि हस्ताक्षर संकलन गरिएको हो । “म हिंसा गर्दिन, हिंसा सहन्न र आफू कार्यरत संस्थामा हिंसा हुन दिन्न” जस्ता प्रतिबद्धता सहित विभिन्न सरोकारवालाहरुले व्यानरमा हस्ताक्षर गरेका थिए । सहज नेपालको आयोजना र शिवराज नगरपालिकाको आर्थिक सहयोगमा लैंगिक हिंसा न्यूनीकरणका लागि प्रतिद्धतासहित हस्ताक्षर संकलन गरिएको आयोजक संस्थाका अध्यक्ष संजीव गहतराजले जानकारी दिए ।

हस्ताक्षर कार्यक्रममा सहभागी जनाउँदै शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले लंैगिक समानताका लागि आफैंबाट अभियान सुरुवात गर्न सबैलाई आग्रह गरे । नगरप्रमुख अधिकारीले हिंसाबाट पीडित जो कोहीले पनि न्याएका लागि प्रक्रिया अंगाडि बढाउँदा आवश्यक पर्ने सहयोग नगरपालिकाले गर्ने समेत प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा महिला मानव अधिकार रक्षक संजाल कपिलवस्तु अध्यक्ष मीना परियारले भर्खरै ओरेक नेपालले सार्बजनिक गरेको डाटा अनुसार ८६ प्रतिशत महिला हिंसाबाट पीडित हुनुपरेको जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित