
भक्तपुर, १९ मंसिर । बलात्कार, बालिका हिंसा र दुव्र्यवहारका घटना बढ्दै गएपछि सुर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका बालिकाहरुलाई स्वःआत्मरक्षा सिप प्रदान गरेको छ ।
नगरपालिकाको आर्थिक सहयोगमा सुर्यविनायक नगरस्तरिय बाल कल्याण समिति, युवाका साथ साथ आवाज नेपाल, युवालय र ओरेक नेपालको आयोजनामा मंगलबार र बुधबार दुईदिने बालिका सम्मेलनको आयोजना गरि आत्मरक्षा सम्बन्धी सिप प्रदान गरिएको हो ।
नगरपालिकाले आफ्नो १० बटै वडाका ११ देखी १९ बर्ष उमेर समूहका बालिकाहरुको सहभागितामा आत्मरक्षा सीप प्रदान गरि वडाका अन्य बालिकाहरुलाई पनि त्यो सिप र अनुभव प्रदान गर्ने र नगर क्षेत्रमा बालिका तथा किशोरी हिंसा अत्य गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिए ।
प्रमुख थापाले नगरपालिकाले महिला, बालबालिका र जेष्ठ नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर बजेट समेत विनियोजन गरेकाले बालिकाहरुको हकहितमा नगरपालिका सक्रिय भएर कार्य गर्ने बताए ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं)ले सम्मेलनले घोषणापत्र समेत जारी गरेकाले त्यसका प्रभावकारी कार्यान्वयन हुन सके बालिका योन हिंसा न्युनिकरण र अन्य हुनसक्ने बताए । अध्यक्ष बजगाईले बालबालिकाहरुको क्षेत्रमा राष्ट्रिय अन्र्तराष्ट्रिय संघसंस्थाहरुले विभिन्न कार्यक्रम र अभियान सञ्चालन गरिरहेको भएपनि त्यसले अझै परिणाममुखि नतिजा हासिल गर्न नसकेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकीले अहिलेको अवस्थामा सरकारले महिला, बालबालिकाको क्षेत्रमा संवेदनशिल भएर काम गर्नुपर्नेमा जोड दिए । सम्मेलनले जारी गरेको घोषणापत्र कार्यान्वयन हुनुपर्नेमा उनको जोड थियो ।
बालिका सम्मेलनले ९ बुँदे घोषणापत्र एवम् प्रतिबद्धतापत्र पनि जारी गरेको छ । प्रतिबद्धतापत्रमा नगर क्षेत्रका बालिका तथा किशोरीहरुमा हुने सबै प्रकारका यौनजन्य दुव्र्यवहार, हिंसा एवम् विभेद सामाजिक कुसंस्कार र हानीकारक मान्यता भएकाले यस्तो कार्यको नियमन, नियन्त्रण गर्ने प्रतिबद्धता गरिएको छ ।
साथै महिला, किशोरी र बालिकामैली नगरपालिका निर्माण गर्ने नीति समेत नगरपालिकाले अंगिकार गरेको जनाएको छ । सम्मेलनमा ११० बालिकाको सहभागिता रहेको थियो ।












प्रतिक्रिया