
हुम्ला, १८ मङ्सिर । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा हुम्लाको साधारणसभा सम्पन्न भएको छ । सभाले साङ्गठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै सभा सम्पन्न गरेको हो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गरेर सञ्चारकर्मीले समाजको यथार्थ बाहिर ल्याउनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले निष्पक्ष र स्वतन्त्र पत्रकारितातर्फ कलम चलाउन सञ्चार जगतलाई आग्रह गर्नुभयो । -रासस












प्रतिक्रिया