२० कार्तिक २०८३, शुक्रबार

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, १६ मङ्सिर । पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका– ६ दशकिलोमा आइतबार बिहान बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा गजुरी गाउँपालिका निवासी ५५ वर्षीय मोटरसाइकल चालक नारायणकाजी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकल पछाडि बसेका ४२ वर्षीया धनकुमारी भण्डारी रहेको र उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

धादिङबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८३९५ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३६ प ८३५७ नं को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । –रासस