रामपुर, १५ मंसिर । पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई पितृशोक परेको छ ।
पाल्पा क्षेत्र नं १ का सङ्घीय सांसद तथा नेकपा एमालेका प्रदेश नं ५ का सहइन्चार्जसमेत रहेका रानाका पिता रुकबहादुर रानाको ९२ वर्षको उमेरमा आज बिहान काठमाडौँमा निधन भएको हो ।
मुटुसम्बन्धी समस्याका कारण उनको निधन भएको परिवारले जनाएका छन् । रानाका पाँच छोरामध्ये सांसद राना माइला हुन् । रामपुर नगरपालिका–१ पाल्पाका राना परिवार काठमाडौंमा बस्दै आएका छन् ।












प्रतिक्रिया