
काठमाडौ, १४ मंसिर । युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले आउँदो १० बर्षभित्र नेपाललाई विकासशील राष्ट्र बनाउने गरि सरकारले काम गरिरहेको बताएका छन् । शुक्रबार काठमाडौमा आयोजित समृद्ध कर्णाली र युवा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले अल्पविकसित राष्ट्रका रुपमा नेपाल र नेपालीलाई विकासशील बनाउने बताएका हुन् ।
उनले सामूहिक संकल्प, साझा योजना लिएर अघि बढ्नुपर्ने बताए । मन्त्री विश्वकर्माले हिजो कुनैपनी बहानमा पछाडी पारिएको वर्ग, समुदाय र भूगोललाई मूलप्रवाहमा समाहित नगरी समृद्धि हासिल गर्न नसकिने टिप्पणी गरे ।
वर्तमान सरकारले जनचाहना अनुसार वर्तमान सरकारले काम नगरेको स्वीकार्दै मन्त्री विश्वकर्माले यसमा भर्खरै कार्यान्वयनमा आएको संघीयताका कारण भएक बताए । उनले संघीयता पूर्ण कार्यन्वयनको चरणमा रहेकाले अब त्यसो नहुने बताए । सबै नेपालीको घरमा खुसी ल्याउनु सबैको दायित्व भएको भन्दै मन्त्री विश्वकर्माले यो सरकारको राष्ट्रिय कार्यभार पनि हो भने ।
कार्यक्रममा पूर्व सांसद राजीवबिक्रम शाहले कसैले पनि राजनितिक आस्थाका आधारमा भेदभाव र निषेध गर्न नहुने बताए । जुन पार्टी सरकारमा गएपनि जनता र देशका लागि भन्दा पार्टी हितमा लागेकाले नेपालको विकास हुन नसकेको धारणा राखे ।
विकासमा पनि राजनीति गरेका कारण समस्या भएको उनले बताए । समाजसेवि समेत रहेका शाहले राजनितिक दलले एकअर्कालाई उछितो काढ्नेमा भन्दा पनि विकासमा प्रतिस्पर्धा गर्नुपर्ने बताए ।
कर्णाली प्रदेशमा राजनितिक परिवर्तन धेरै भएपनि विकास निर्माणमा परिवर्तन नभएको दुखेसो पोखे । माओवादीको सशस्त्र संघर्ष समेत कर्णालीबाटै भएको स्मरण गर्दै शाहले अब विकास र समृद्धिको अभियान पनि कर्णालीबाटै सुरु हुनुपर्ने बताए ।












प्रतिक्रिया