२० कार्तिक २०८३, शुक्रबार

रोकिराखेका पाँच वटा अटोरिक्सामा आगजनी

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर साभार : रत्न खत्रीको फेसबुकबाट

नेपालगञ्ज, १३ मंसिर । नेपालगञ्जको धम्बोझी खजुरा रोडमा पार्किङ गरिएका ५ वटा अटो रिक्सामा अज्ञात समूहले आगजनी गरेका छन् । साथै दुई वटा पसलमा पनि आगजनीको प्रयास गरिएको छ भने एउटा घुम्ती आगोले ध्वस्त भएको छ ।

गएराति भएको घटनामा संलग्नको प्रहरीले पहिचान गर्न सकेको छैन । बन्द पसल र यातायातका साधनमा आगजनीका घटना हुन थालेपछि व्यवसायीहरु आतंकित भएका छन् ।

बिहीबार विहान घटनास्थल पुगेको नेपालगन्ज १ का वडाध्यक्ष प्रमोद रिजालले घटनाबाट त्रासको वातावरण फैलिएको बताए । उनले यसअघि पनि यस्तै प्रकृतिको घटनामा उजुरी भैसकेको अवस्थामा प्रहरीले गम्भिरतापूर्वक नलिएको आरोप लगाए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यवसायीहरुले असुरक्षित महसुस गरिरहेको बताएका छन् ।