२० कार्तिक २०८३, शुक्रबार

नगरसभाको ढिलाइले कामकाज ठप्प भएको भन्दै कांग्रेसको विरोध जुलुस

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मना बुढाथोकी
सल्यान, १० मंसिर । सल्यानको बनगाड कुपिण्डेमा नगरसभाको ढिलाइले नगरको सम्पूर्ण कामकाज अस्तव्यस्त भएको भन्दै नेपाली काँग्रेस बनगाडले विरोध र्‍याली निकालेको छ ।

जनप्रतिनिधीहरुको आपसी स्वार्थका कारण नगरका शिक्षक, कर्मचारी, समाजिक सुरक्षा भत्ता, सुत्केरी भत्तालगाएत नगरको विकासे कामकाज पूर्णरुपमा ठप्प रहेको भन्दै नेपाली काँग्रेसले विरोध जनाएको हो ।

कोण सभामा बोल्दै नेपाली काँग्रेसका जिल्ला कार्या समिती सदस्य दिपेन्द्र विष्टले बनगाडका जनप्रतिलाई भष्ट्रचारीको आरोप लगाएका छन् । नगरका जनप्रतिनिधीहरु योजनाको रकम प्रतिशतका हिसावले मोटो रकम खाने र तेहि खाने मेलोमेसो मिलाउनका लागि लफडा मचाएर नगरलाई असफलता तिर धकेलेको आरोप लगाए । नगरमा व्याप्त कालोवजारी, महँगी, चर्को कर र शिक्षा, स्वास्थ्य, खानेपानी, बाटाघाटा, विद्युत लगाएतका काम शुन्य गतिमा रहेको छ ।

गत वर्षको वजेटमा जनप्रतिनीधीले आधा रकम भष्ट्रचार गरेको नेपाली काँग्रेसको ठहर छ । साथै कोण सभामा वोल्ने वक्ताहरुले नगरमा व्याप्त महँगी, कालोवजारी, भष्ट्रचारीलाई नियन्त्रण गर्न माग गरेका छन् ।