
काठमाडौं, ८ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभा शनिबार हुँदैछ । काठमाडौंमा हुने जनसभालाई स्थायी कमिटी सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भने कार्यक्रममा सहभागी नहुने भएका छन् । यसअघि शनिबारको कार्यक्रममा सार्वजनिक हुने तय भएको भएपनि सुरक्षाको कारण देखाउँदै उनी नआउने भएका हुन् ।
सभामा नेता तथा सर्वसाधारणलाई सहभागिताका लागि निम्तो गरिएको छ ।












प्रतिक्रिया