
काठमाडौं, ७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी एकताको ढोका सदैव खुल्ला राखेको बताएका छन् ।
पार्टीको संयोजित संगठन समन्वय विभागले आयोजना गरेको काठमाडौं उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष थापाले टाउका मात्र एक ठाउँमा जोडेर गरिने एकताले शक्ति प्राप्त नहुने बताए ।
उनले विचार तथा एजेण्डाप्रति इमानदारीतापूर्ण सक्रियता र निस्काम कर्मप्रतिको प्रतिबद्धताले मात्र राप्रपालाई यथार्थ रुपमा एकिकृत गराउन सकिने बताए ।
जबर्जस्ती लादिएको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताले मुलुकलाई नकारात्मक दिशातर्फ लगिहेको उनको भनाई थियो ।












प्रतिक्रिया