२० कार्तिक २०८३, शुक्रबार

समृद्धिको सपना पुरा गर्न हजारौं प्राविधिक खाँचोः किरण गुरुङ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री किरण गुरुङले समृद्धिको सपना पुरा गर्न देशलाई हजारौँ प्राविधिकहरुको खाँचो रहेको बताएका छन् ।

शुक्रबार पोखरा ईञ्जीनियरिङ कलेजमा अनेरास्ववियुले आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा बोल्दै उनले भनिन्, ‘संघीयतालाई संस्थागत बनाउन र सरकारको समृद्धिको यात्रा सफल पार्न प्राविधिक जनशक्तिहरुले विशेष भूमिका रहनेछ ।’

कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई पोखरा विश्वविद्यालयको परीक्षाको ग्रेडिङ्ग प्रणालीका बारेमा विश्वविद्यालयका सहायक परीक्षा नियन्त्रक ढाकाराज पन्तले सहजिकरण गर्दै क्षमतावान प्राविधिक जनशक्ति उत्पादनमा विश्वविद्यालय लागि परेको जनाए ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य नरेश रोकाया, केन्द्रीय सदस्य आशिर्वाद सुवेदी, पोखरा विश्वविद्यालय स्ववियु सभापति सुनिल तिमिल्सिना, अनेरास्ववियु कास्की जिल्ला अध्यक्ष विवेक देवकोटा, युदिप सुवेदी, सुरज बहादुर तिमिल्सिना लगायतले बोलेका थिए ।