२० कार्तिक २०८३, शुक्रबार

सङ्घीयता असफल पार्ने षड्यन्त्र भयो : मुख्यमन्त्री शाही

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ६ मङसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही शक्तिहरु नेपालमा सङ्घीयता असफल पार्ने षड्यन्त्रमा लागेको बताउनुभएको छ ।

बिहीबार सम्वाद चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सङ्घीयता नरुचाउने केही शक्तिहरु केन्द्र, प्रदेश र स्थानीय सरकारबीच अधिकारको विवाद उठाएर सङ्घीयता असफल बनाउने दाउमा लागेको बताउनुभयो ।

सङ्घीयता कागजमा व्यवस्था गरेपनि सोचमा स्थापित हुन नसकेको भन्दै उहाँले सङ्घीयता नयाँ व्यवस्थामा भएकोले त्यसमा अभ्यस्त हुनका लागि केही समय लाग्ने बताउनुभयो ।

मुख्यमन्त्री शाहीले केन्द्र सरकारले प्रशासनिक र वित्तिय अधिकारबारे अहिलेसम्म पनि प्रदेश सरकारलाई स्पष्ट अधिकार नदिएर काम गर्न कठिनाई भएको भन्दै प्रधानमन्त्री र मुख्यमन्त्रीहरु बीच हुन लागेको समन्वय परिषद् बैठकमा यसबारेमा कुरा उठाउनेसमेत बताउनुभयो ।

उहाँले कम्युनिष्ट पार्टीलाई दुई तिहाई बहुमत दिएर सरकार अग्नीपरीक्षाको रुपमा जनताले हेरेको भन्दै सरकारले कसैलाई पनि दोष दिएर जनताको कामबाट उम्कन नपाउने बताउनुभयो ।

मुख्यमन्त्री शाहीले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई सेवाबाट निष्कासन गरेर नयाँ कर्मचारी भर्ना गर्न केन्द्र सरकारलाई आग्रह गर्नुभयो । –रासस