
काठमाडौं, ६ मंसिर । सिप्रदी ट्रेडिङ प्रा.लि. अन्तर्गतको सिप्रदीयन सहायता संस्थाले हालै राष्ट्रव्यापी अटो प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंसिर १ गतेदेखि ४ गतेसम्म देशभरीका मुख्य शहरका अटोमेकानिकहरुलाई निःशुल्क प्रशिक्षण दिइएको छ ।
नैकाप, इटहरी, कोहलपुर, नेपालगन्ज, हेटौडा, बनेपा, धरान, सुर्खेत, पर्सा, चितवन, भक्तपुर दमक, दाङ, पोखरा, धादिङ, बिर्तामोड, भालुवाङ, चनौटा र बुटवल गरि २३ ठाउँहरुमा अटो प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नयाँ प्रविधिका गाडीहरुलाई बिना ल्यापटप कसरी चेक गर्ने, गाडीमा आएका समस्याहरु कसरी समाधान गर्ने लगायतका विषयमा सैद्धान्तिक तथा प्राविधिक ज्ञान दिइएको थियो । यसका साथै कार्यक्रममा बि.एस.फोर गाडीहरुमा आएका नयाँ प्रविधि र यसमा आउने समस्या र सहज समाधानका उपायहरुका बारेमा बताइएको थियो । साथै नयाँ गियर बक्स ५५० सम्बन्धि प्रशिक्षण दिइएको थियो ।
उक्त ४ दिने प्रशिक्षणमा देशभरी ८१६ जना अटो प्राविधिकहरुको उल्लेखनीय सहभागिता थियो ।















प्रतिक्रिया