२० कार्तिक २०८३, शुक्रबार

नवलपुर गण्डकी प्रदेशकै बढी सवारी दुर्घटना हुने जिल्ला

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, ६ मंसीर । नवलपुरमा कात्तिक महिनामा मात्र सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार विगत ४ वर्षको मासिक रिपोर्टमा यस वर्षको कार्तिकमा भएको यो मृत्युदर सबैभन्दा उच्च रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं प्रहरी निरीक्षक लक्ष्मणराज शाहीले बताए ।

बिहिवार जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै नवलपुरमा ट्राफिकका गतिबिधिमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताए । प्रहरी निरीक्षक शाहीले नवलपुरमा ट्राफिक क्षेत्रको अवस्था, चुनौती र प्रगतिका बारेमा जानकारी दिए ।

उनले एक महिनामा ७ सय देखि ९ सय सवारी साधन राजमार्गमा थपिने गरेको तथ्याङ्क देखाउँदै अत्याधिक दुर्घटना चालकको लापरवाही र मापसेका कारण हुने गरेको बताएका छन् ।

दाउन्ने खण्डको सडकको दुरावस्था, बिग्रिएका सवारी साधन सडकमै पार्किङ हुनु, अत्याधिक गतिमा सवारी साधन हाक्नु, गलत ढंगले एकले अर्को सवारी साधनलाई उछिन्न खोज्नु लगायतका दुर्घटनाका कारण रहेको उनले जानकारी दिए । प्रहरी निरीक्षक शाहीले बिभिन्न खाले कारवाहीबाट चालु आर्थिक बर्षको साउन देखि कार्तिकसम्मको ४ महिनामा ३० लाख राजस्व संकलन भएको बताए ।

२०७४ मंसिर देखि ०७५ कार्तिक सम्म १ वर्षमा जिल्ला ट्राफिक कार्यालयले २९ वटा कलेजमा ४ हजार १ सय विद्यार्थीलाई र बिभिन्न समयमा २१ पटक सञ्चालन गरेको ट्राफिक सचेतना कक्षामा २ हजार ९ सय चालकलाई सहभागी गराएको छ । नवलपुर जिल्ला क्षेत्रमा पूर्व पश्चिम राजमार्गले ७० किलोमिटर लामो दूरी ओगटेको छ ।