२० कार्तिक २०८३, शुक्रबार

बैदेशिक रोजगार बिभागबाट विचौलियाहरू नियन्त्रणमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं , ६ मंसिर । ताहचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागबाट ३ जना विचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रम स्विकृतिका लागि आउने  सेवाग्राहीलाई  हैरानी दिने तथा काम छिटो छरीतो गरीदिन्छु भनि सेवा ग्राहिलाई प्रलोभनमा पारि दु:ख दिने गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कालिमाटीका सुरेन्द्र पाचकोटी, कालिमाटी बस्ने धादिङका सुजन लामा र सोल्टीमोड बस्ने सर्लाही लालबन्दीका निर्मल तामाङलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ  ।