
काठमाडौँ, ३ मंसिर । प्रहरीले जीवित कछुवाको खरिद विक्रि गर्ने एक व्यक्तिलार्इृ पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले दोलखा भिमेश्वर नगरपालिका–२ बस्ने १८ वर्षका रशिक श्रेष्ठलाई १२ वटा कछुवासहित पक्राउ गरेको हो ।
उनलाई ललितपुर महानगरपालिका–७ ग्वार्कोबाट अवैध रुपमा संरक्षित वन्यजन्तु जीवित कछुवा खरिद बिक्री गर्न ओसारपसार गरी ल्याई साथमा बोकी राखेको अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय ललितपुरमा बुझाइएको छ ।
निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्धको अपराध गरेकाले कारवाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको सीआईबीले जनाएको छ ।












प्रतिक्रिया