
-बिजय चालिसे
कावासोती, ३ मंसिर । थारु समुदायको महत्त्वपूर्ण मेडरी नाच नवलपुरको कावासोतीमा देखाईएको छ । हरिबोधनी एकादशीका अवसरमा कावासोती नगरपालिका–१७ को गुन्द्रही चौरमा सोमबार मेडरी नाच देखाईएको हो ।
कावासोती र मध्यबिन्दु नगरपालिकाका थारु समुदायका नचनियाहरुले आफ्नो समुदायको सँस्कृति सरक्षण गर्ने उद्देश्यले नाच देखाएका हुन् । पितृ औशिमा पितृ बिसर्जन गरेपछी सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन बिहानै नदि तथा खोलामा पुजा गरेर नाचेपछी अन्त्य गरिने स्थानीय थारु अगुवा पुस्परत्न महत्तोले बताए ।
मेडरी नाच कृष्ण लीलामा आधारित भवरा नाच, महाभारतमा आधारित महाभार नाच र रामलिलामा आधारित सिताहरण नाच गरि तीन प्रकारको हुने उनले जानकारी दिए । दैवीशक्तिमा आधारित नाच विशेष गरी दशैं, तिहारलगायतका पर्वमा नाचिने र कुनै शुभकार्यमा पनि नाचिने थारु अगुवा महतोले बताए।
करिब १ सय देखि १ सय ५० जना नचनियाहरु गोलाकार रुपमा नाच्ने गर्दछन् । मेडररी नाच्दा मादल, झ्याली, तरवार र लट्ठीको प्रयोग गरिन्छ ।
थारुहरुको संस्कृती सरक्षणमा मेडरी नाचको निकै महत्त्व रहेको थारु अगुवाहरुको भनाई छ । कावासोती–१७ थारु बहुल्यता भएको वडा हो ।












प्रतिक्रिया