
काठमाडौं, २ मंसिर । टाटा मोर्टसको नेपाल स्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले नयाँ गाडी नेक्सन क्राज सार्वजनिक गरेको छ । एक कार्यक्रमकाबीच सार्वजनिक गर्दै नेक्सन क्राजको नेपालमा पनि विक्रि वितरण शुरु भएको हो ।
टाटा मोर्टसको प्यासेन्जर भ्याइकल यूनिटसम्बन्धी अन्तर्राष्ट्रिय व्यापारका प्रमुख सुजन रोयले नेक्सन क्राजलाई मुख्यतः सक्रिय र साहासिक जीवनशैली रुचाउने नेपाली ग्राहकको आवश्यक्ता र मागलाई सम्बोधन गर्न ल्याएको बताए ।
मल्टिड्राइभ मोडको विशेषता युक्त यो नयाँ गाडी शहरको व्यस्त सडक देखि लिएर राजमार्ग मा समेत अत्यन्त सरल र रोमाञ्चक ढङ्गले चलाउन सकिने छ । यसैगरी २०९ मिलिमिटरको उतकृष्ट ग्राउण्ड क्लियरेन्स ले नेक्सन क्राजलाई अरुभन्दा बढि सुरक्षित र आरामदायी बनाएको छ ।
चार स्पिकरको इन्फोटेन्मेन्ट, अटोमेटिक, क्लाइमेट कन्ट्रोल, रिभर्स पार्ककिङ्ग, सेन्सर जस्ता अन्य उच्च स्तरको प्राविधिक विशेषता यस एस्. यू. भि. मोडेलमा पाइन्छ ।
कालो र हरियो रङ्गको बेजोड समिश्रण भएको नेक्सन क्राज १२०० पेट्रोल र १५०० cc इन्जिन डिजेल क्षमतामा उपलब्ध छ । मङ्सिर १ गतेबाट नेक्सन क्राज , क्राज र क्राज प्लस गरी दुई भ्यारिएन्टमा डिजेलका लागि ४३ लाख ८५ हजार र पेट्रोलका लागि ३९ लाख ९५ हजार सुरुवाती मुल्य रहेको छ ।















प्रतिक्रिया