११ कार्तिक २०८३, बुधबार

सिप्रदी र शिखर इन्स्योरेन्सबीच नेपालमै पहिलो पटक ‘क्यासलेस इन्स्योरेन्स’ सम्झौता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्समा सम्झौता भएको छ ।

शिखर इन्स्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को तर्फबाट संस्थाको प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र शिखर इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

नेपालमै पहिलोपटक सञ्चालनमा ल्याउन लागेको योजना अन्तर्गत टाटा कम्पनीका जुनसुकै मोडलका गाडीहरु दुर्घटना भएको अवस्थामा ग्राहकले सिधै सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को आफुलाई पाएक पर्ने कुनैपनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दावी गर्न सक्नेछन् ।

ग्राहकहरुलाई सुलभ, छिटो र झन्झट रहित सेवा दिन यस व्यवस्थाले सहयोग पुर्याउने दुवै कम्पनीको दावी छ । यसबाटै आउने दिनहरुमा अन्य बिमा कम्पनीहरुसंग पनि सहकार्य गर्दै धेरै भन्दा धेरै ग्राहकहरुलाई सेवा दिने सिप्रदीको योजना छ ।