
-मिना बुढाथोकी
सल्यान, २ मंसिर । जिल्ला कारागार सल्यानका कैदीबन्दीले कारागार भित्रै स्वास्थ्य सेवा पाउन थालेका छन् । कारागार भित्रै स्वास्थ्य सेवाको पहुँच भएपछि कैदी बन्दीहरु खुशी भएका छन् । विगत तिन महिना अघि कारागारमा स्वास्थ्यकर्मी डम्बर विष्टको नियुक्ती भएसंगै कारागार भित्रै कैदीले सहजै स्वास्थ्य सेवा पाउन थालेको जेलर विक्रम केसीले जानकारी दिनु भयो ।
स्थापनाकाल देखी कारागारमा पहिलो पटक स्वास्थ्कर्मी नियुक्ती भए संगै यहाँका कैदीबन्दीले कारागार भित्रै सेवा लिन थालेको उहाँले बताउनु भयो । प्रतेक साताको एक दिन मंगलवार सबै कैदी बन्दीको नियमित स्वास्थ्य परिक्षण गरिने गरेको केसीले जानकारी दिए ।
यसो हुँदा तत्कालै कार्यालय परिसर भित्रै कैदीको स्वास्थ्य अवस्था समेत राम्रो भए नभएको जानकारी लिन सकिने उनको भनाई छ । अहिले कारागार भित्र रहेका कैदीहरुको सामान्य रोगको स्वास्थ्य जाँच संगै निशुल्क औषधी समेत वितरण गरिने गरेको स्वास्थ्यकर्मी विष्टले जानकारी दिए ।
“टाउको दुख्न, ज्वरो आउने,पेट दुख्ने अवस्थामा समेत उपचार गर्न जिल्ला अस्पताल पुर्याउनु पर्ने हुन्थ्यो तर अहिले यस प्रकारका सै रोगको जाँच र उपचार सेवा कार्यालयमै दिंदै आएका छौं । अहिले सामान्य चेकजाँच र औषधी उपचार बाहेक जटिल प्रकृतिका बिरामीलाई मात्रै बाहिर रेफर गर्नु पर्ने अवस्था रहेको छ ।” उनले भने ।
हाल यस कारागारमा ९४ जना कैदी बन्दी रहेको कारागारले जनाएको छ । जस्मा पुरुष ७३ जना र महिला १८ जना र दुई नाबालग रहेका छन् ।












प्रतिक्रिया