२० कार्तिक २०८३, शुक्रबार

पत्रकार अर्यालले पाइन् अन्तर्राष्ट्रिय पुरस्कार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २ मंसिर । पत्रकार इन्दिरा अर्यालले ग्रामीण जीवनमा महिला सिर्जनशीलता पुरस्कार प्राप्त गरेकी छन् ।

पाल्पामा जन्मिएकी अर्याल रूपन्देहीकी पत्रकार हुन् । अर्याललाई ग्रामीण महिलाको जीवनस्तर उकास्न सञ्चार क्षेत्रबाट भुमिका खेलेको भन्दै पुरस्कार दिइएको छ । उनी विगत २ दशकदेखि सञ्चार क्षेत्रमा कार्यरत रहेकी छन् । उनले डब्लूडब्लूएसएफ अन्तर्राष्ट्रिय पुरस्कार पाएकी हुन् ।

अर्यालय सामुदायिक रेडियो लुम्बिनी र देवदह माविमा कार्यरत छिन् । पुरस्कार राशी १ लाख १४ हजार रूपैयाँ छ । पुरस्कार प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदान गरे ।