
काठमाडौँ, २ मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ ।
बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ट्रकले च्याप्दा ना४६प ६२१ नम्बरको मोटरसाइकलका चालक हेटौंडा–४ का २० वर्षीय सुदिप घिमिरे र ना१ह ८९५९ नम्बरको अटोमा सवार हेटौंडा–४ कै ३५ वर्षीय गंगा चेम्जोङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।












प्रतिक्रिया